प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मानवअधिकारको बिषय कुनै खास राज्य वा समुदायको नभई अन्तर्रा्ष्ट्रिय बिषय भएको बताउनुभएको छ । बरालले नेपालमा मानवअधिकार सम्वन्धि प्रयाप्त कानुन भएको र त्यसको कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुटवलमा आयोजित गोष्ठीमा बोल्दै उहाले मानवअधिकारका थुप्रै कानुनभएपनि कार्यान्वयनमा बिवादको भैरहेको बताउनुभयो ।
बरालले मानवअधिकार आयोगलााई बनेका कानुन नागरिक सम्म र्पुयाउने र सचेतना दिने काममा लाग्न आग्रह गर्नु भयो ।त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले पुस्तकालयमा दशौं हजार पुस्तक भएर मात्र नहुने बताउनु भएको छ । पुस्तकालयमा पुस्तक भएर मात्रै हुदैन ती पुस्तक बिद्यार्थीले पढन पाउदैनन् भने उहाले भन्नुभयो । मानवअधिकार सम्वन्धि थुप्रै कानुन बनेपनि त्यसको उपयोग गर्न नागरिकले पाउदैन भने त्यो कानुन र पुस्तकालयमा हुने पुस्तक उस्तै हुन पाठकले भन्नूभयो । पाठकले नागरिकको मानवअधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको बताउदै मानवअधिकारको रक्षा नगर्ने राज्य हुन नसक्ने दावी गर्नु भयो ।
कार्यक्रममा प्रदेश ५ प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक डाक्टर गणेश रेग्मी , मानवअधिकार आयोग बुटवल कार्यालयका प्रमुख सम्झना शर्मा , गैसस महासंघका प्रदेश सचिव गोविन्द रेग्मी लगायतले मानवअधिकार संरक्षणमा सर्वपक्षीय चासोको बिषय भएपनि कार्यान्वयनमा समस्या भएकाले त्यसकाा लागि नागरिकलाई सचेतना दिन आवश्यक रहेको बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्