बुटवल ।
लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजना र युनाईटेडमिन टु नेपालको सहयोगमा सञ्चालन गरिएको मानव बेचबिखन र महिला हिंसा विरुद्ध सञ्चारकर्मीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आज बटवलमा सम्पन्न भएको छ। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशखा प्रमुख शरदा बस्यालले १६ दिन मात्र नभर हेरक समयमा हिंसा न्यूनीकरणका बारेमा बोल्न जरुरी रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले प्रदेशलाई हिंसा मुक्त बनाउने निति बनाईसकेको बताउनुभयो । महिला माथि हुने हिंसा कम गर्न पुरुषको सहकार्य जरुरी रहने कुरामा जोड दिनुभयो।
उहाले कार्यक्रममा लैगिङ्गहिंसा विरुद्ध विश्व व्यापी अभियान र नेपालमा मानव बेचबिखनको अवस्थाका बारेमा बोल्दै यसको अन्तयका लागि सञ्चारकर्मीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो।
कार्यक्रममा बोल्दै सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम बहादुर विक संस्थाका कार्यकारी निर्देशक गोपाल बहादुर के सीले सस्थागत परिचय दिनुका साथै हिंसा विरुद्धको अभियानलाई सबैले मिलेर सफल बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार अमृता अनमोल, विनोद परियार, सस्थाका सचिव सुमित्रा बुढाथोकी लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्