काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नियन्त्रणमा लिएको विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबरा नियन्त्रणमा परेपछि आइतबार आयोगको टोली अनुगमनका लागि टेकु पुगे पनि उनलाई भेट्न नदिएको विषयमा छलफल गर्न खड्कालाई बोलाइएको हो । आयोगको टोली करिब ४५ मिनेट गेटमै बसेर फर्किएको थियो ।
शनिबार राति प्रहरीले नियन्त्रणमा लिएका चोलेन्द्रलाई आइतबार अपराहन्न करिब २ बजे परिवारको जिम्मा लगाइएको थियो
प्रकाशित मिति : सोमबार, असोज १२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्