बुटवलमा सामुदायिक कुकुरहरूलाई निशुल्क रेबिज बिरूद्वकाे खाेप कार्यक्रम सुरु

बुटवलमा सामुदायिक कुकुरहरूलाई निशुल्क रेबिज बिरूद्वकाे खाेप कार्यक्रम सुरु

बुटवल,

बिश्व रेबिज दिवसकाे अवसरमा बुटवल उपमहानगरपालिकाे आयोजना र अल केयर नेपालकाे सहकार्यमा बुटवलमा आजदेखि सामुदायिक कुकुरहरूलाई निशुल्क रेबिज बिरूद्वकाे खाेप कार्यक्रम सुरु भएको छ ।

खाेप कार्यक्रमकाे साेमबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले सामुदायिक स्वास्थ्यमा सामुदायिक जनावरहरूकाे भुमिका महत्त्वपूर्ण हुने भन्दै रेबिजबाट बच्न सामुदायिक कुकुरहरूलाई रेबिज बिरूद्व निशुल्क खाेप कार्यक्रम सञ्चालन गरिएको बताए । बुटवल उपमहानगरपालिकाले दुई सय सामुदायिक कुकुरलाई रेबिज बिरूद्वकाे खाेप लगाउने र ५० कुकुरको स्क्रिनिङ्ग गर्ने योजना रहे पनि त्यसलाई बढाएर पाँच सय कुकुरलाई खाेप र दुई सय कुकुरको स्क्रिनिङ्ग गरिने जानकारी गराए । उनलेे वडा स्तरबाट पनि यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिए ।

सामुदायिक कुकुरलाई रेबिज बिरूद्वकाे खाेप लगाउने र त्यसको तथ्यांक सफ्टवेयरमा सुरक्षित गर्नाले ती कुकुरले टाेकीहाले पनि सुरक्षित भइने भएकोले यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका पशु स्वास्थ्य शाखा अधिकृत बाशना बिसी,अल केयर नेपाल रूपन्देहीका प्रतिनिधि बिशाल खत्रीलगायतले कार्यक्रमकाे आवश्यकता र महत्त्व बारे आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : सोमबार, असोज १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij