धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद‍्मा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन

धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद‍्मा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन

????????, ?? ????? ?????? ???? ???????????? ???????? ?????????????? ??????? ????????? ?????? ????? ???? ??????? ???? ?????? ??????? ????? ??????? ?????????, ????????, ????????? ??? ??????????? ????? ???????? ????????, ???????, ???? ??????? ??? ????? ? ???????????? ??? ??????? ????????? ??????? ????? ? ????????????? ???? ?????? ???????? ????? ?????÷????

काठमाण्डाै – सङ्घीय संसद्को अर्थ समितिले नेपाली पूँजीबजारलाई पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउन धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसद‍्मा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्देशन दिएको छ ।

पूँजीबजारका सरोकारवालाहरूसँगको आजकाे छलफलपछि समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको हो ।

समितिले कम्पनीहरूलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति दिनुअघि पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउनसमेत भनेको छ ।

साथै दोस्रो बजारमा हुने ‘कर्नरिङ’, ‘सर्कुलर ट्रेडिङ’ र ‘पम्प एन्ड डम्प’ जस्ता गैरकानूनी चलखेल नियन्त्रण गरी दोषीलाई कडा कारबाही गर्न र नेप्से तथा सीडीएससीका रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद तत्काल पूर्ति गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

छलफलका क्रममा सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले ८० लाख लगानीकर्ताको डेटा व्यवस्थापनका लागि प्रविधि र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले ‘अक्शन मार्केट’ सञ्चालन र गैरआवासीय नेपाली (एनआरएन) लगानी भित्र्याउने आवश्यक गृहकार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो ।

त्यस्तै नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले उपलब्ध नियमावलीअनुसार सम्पूर्ण वित्तीय उपकरण सञ्चालन गर्न नेप्से सक्षम रहेको बताउँदै अनलाइन ट्रेडिङ सिस्टमको सम्पूर्ण स्वामित्व नेप्सेकै रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको पूँजीबजार समिति सभापति प्रियराज रेग्मीले भने बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीकर्तामाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड दिनुभयो

प्रकाशित मिति : बुधबार, असोज १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij