असोज १७ गतेका लागि रास्वपा केन्द्रीय समितिको बैठक आह्वान

असोज १७ गतेका लागि रास्वपा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने भएको छ ।

रास्वपा सभापति रवि लामिछानेले असोज १७ गते दिउँसो ३ बजे केन्द्रीय कार्यालय चमती घन्टीघरमा बस्ने गरी बैठक बोलाएका हुन् ।

अहिले बैठकको कार्यसूची तय भइरहेको रास्वपा महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकमा पार्टीको संगठन विस्तार, आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । सोहीअनुसार अहिले बैठकको एजेन्डा तयार पार्न लागिएको हो ।

बैठकको एउटा एजेन्डामा सरकारको ६ महिने समीक्षा पनि रहेको बताइएको छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले मंगलबार ६ महिना पूरा गरेको हो ।

प्रकाशित मिति : बुधबार, असोज १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij