काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराती पक्राउ गरेको छ । प्रहरीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट पक्राउ गरेको हो ।
उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उजुरीको विवरण भने खुलेको छैन । उनले २०७५ पुस १८ देखि प्रधान न्यायाधीशको कार्यभार सम्हालेका थिए । जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनी विरुद्धको महाअभियोग पारित भएन तर, त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्