दशैँ–तिहार लक्षित झन्डै ५ अर्ब रुपैयाँका सामान सीमा क्षेत्रमै रोकिए

दशैँ–तिहार लक्षित झन्डै ५ अर्ब रुपैयाँका सामान सीमा क्षेत्रमै रोकिए

काठमाण्डाै – अविरल वर्षा, बाढी र पहिरोका कारण चीनतर्फका तीन वटै नाका अवरुद्ध बनेका छन् । भोटेकोशीको बाढीले रसुवागढी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ । यस्तै मुस्ताङको कोरला नाका पनि बाढी पहिरोकै कारण असोज ११ गतेदेखि ठप्प भएको छ ।

नाकाहरू पूर्णरूपमा बन्द हुँदा चाडपर्व लक्षित झन्डै ५ अर्ब रुपैयाँ बराबरका ७ सयभन्दा धेरै व्यापारिक कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन् । जसका कारण दशैँ–तिहारका लागि आवश्यक लत्ताकपडा, जुत्ता–चप्पल, विद्युतीय उपकरण र छिटो बिग्रिने स्याउ तथा सुन्तलाजस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन् ।

चाडपर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अर्बाैँ नोक्सानी र बैंकको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ ।

बढ्दो ढुवानी समय, चिनियाँ मुद्राको विनिमय दरमा भएको वृद्धि र भाडादर बढेका कारण यस वर्ष कपडा तथा उपभोग्य सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म महँगो हुने हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो । यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ ।

सडक विभागका अनुसार अवरुद्ध बाटो मर्मत तथा पहिरो पन्छ्याउने काम तीव्र पारिएकाले मौसम अनुकूल रहे अबको ६ दिनभित्र कोरला नाका सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

तातोपानी नाकातर्फ भने सडकमा समस्या नरहेको विभागले दाबी गरेको छ । तर चिनियाँ पक्षले सडकको कारण देखाउँदै तातोपानी नाका खोल्न मानेको छैन । अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनील लम्सालले चिनियाँ राजदूतसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनका लागि कूटनीतिक पहल गर्नुभएको छ

प्रकाशित मिति : बुधबार, असोज १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij