बुटवल उपमहानगरपालिकाको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत

बुटवल उपमहानगरपालिकाको निर्णय : विपद् प्रभावित पाँच घरलाई तीन महिनासम्म मासिक १५ हजार राहत

बुटवल । बुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक नगर प्रमुख खेलराज पाण्डेको उपस्थितिमा सम्पन्न भएको छ। बैठकले बुटवल–११ टप मजुवामा विपद्का कारण पूर्ण तथा आंशिक क्षति भएका घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले पूर्ण क्षति भएका तीन घर र आधा क्षति भएका दुई घरलाई मासिक १५ हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो।

नगर प्रमुख खेलराज पाण्डेले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताउँदै जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाइने बताए।

यस्तै, टप मजुवा क्षेत्रमा पक्की ढलान गरिएको पर्खाल निर्माणको काम छिटोभन्दा छिटो अघि बढाउन जनताको तटबन्ध कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक संरचना निर्माण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखिने जनाइएको छ।

बैठकले विपद्का समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सुरक्षा निकाय, जनप्रतिनिधि, टोल समिति, नागरिक समाज, सञ्चारकर्मी तथा बुटवल उपमहानगरपालिकाको विपद् शाखालाई धन्यवादसमेत व्यक्त गरेको छ।

विपद्का समयमा विभिन्न निकायबीचको समन्वय र सहकार्यले प्रभावित नागरिकलाई तत्काल राहत तथा सुरक्षा प्रदान गर्न सहयोग पुगेको भन्दै बैठकले सबैप्रति आभार व्यक्त गरेको हो।

प्रकाशित मिति : मंगलबार, असोज १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij