नेपाली कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

नेपाली कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

बुटवल

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर कार्यसमितिको निर्वाचनबाट ज्योति भण्डारी सभापतिमा निर्वाचित हुनुभएको छ।

भण्डारीले ४११ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गर्नुभएको छ।

निर्वाचनबाट उपसभापतिमा गणेश घिमिरे निर्वाचित हुनुभएको छ। घिमिरेले ३४९ मत प्राप्त गर्दा तिर्थराज काफ्लेले २५७ मत प्राप्त गर्नुभएको छ।

महिला उपसभापतिमा गंगा पन्थी निर्वाचित हुनुभएको छ। पन्थीले ३८० मत प्राप्त गर्दा करुणा मल्लले २३९ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित हुनुभएको छ। गिरीले ३४९ मत प्राप्त गर्दा रमेशप्रसाद अधिकारीले २२० मत प्राप्त गर्नुभएको छ।

सहसचिवमा नारायण खनाल निर्वाचित हुनुभएको छ। खनालले ३०४ मत प्राप्त गर्दासूर्यप्रसाद काफ्लेले २६४ मत प्राप्त गर्नुभएको छ ।

सदस्य युवा खुलातर्फ सगुन पुन र डा. सन्तोषप्रसाद ढकाल निर्वाचित हुनुभयो । पुनले ३८४ र डा. ढकालले ३६१ मत प्राप्त गर्नुभएको छ।

यसअघि बुटवल नगर समितिको नेतृत्वका लागि ज्योति भण्डारी र जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी दिएका थिए। भण्डारी समूहबाट गणेश घिमिरे, गंगा पन्थी, अर्जुन गिरी र नारायण खनाल उम्मेदवार बनेका थिए भने मल्ल समूहबाट तिर्थराज काफ्ले, करुणा मल्ल, रमेशप्रसाद अधिकारी र सूर्यप्रसाद काफ्ले उम्मेदवार बनेका थिए।

६६९ मतदाता रहेपनि आजको मतदानमा ६४८ मत खसेको निर्वाचन अधिकृत जिवनारायण अधिकारीले जानकारी दिनुभयो

प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij