प्रधानमन्त्री शाह अमेरिका जाँदा विमानस्थलमा तामझाम नहुने

प्रधानमन्त्री शाह अमेरिका जाँदा विमानस्थलमा तामझाम नहुने

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझाम नहुने भएको छ ।

यसअघि प्रधानमन्त्री विदेश भ्रमण जाँदा बिदाइको लागि सरकारका विशिष्ट पदाधिकारीहरु विमानस्थल पुग्ने गर्थे । तर प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्यूयोर्क जाने बेला उहाँलार्ई बिदाइ गर्न विशिष्ट पदाधिकारीहरू विमानस्थल पुग्नुपर्ने व्यवस्था हटाइएको  छ ।

परराष्ट्र मन्त्रालयले सम्बन्धित कार्यालय तथा निकायलाई प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान गर्ने क्रममा र फर्कंदा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई र स्वागत समारोह नहुने जानकारी गराएको छ ।

प्रधानमन्त्री बालुवाटारबाट सिधै विमानस्थल जाने र विशिष्ट कक्ष हुँदै विमानतर्फ जाने तयारी छ ।  राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह १४ सदस्यीय प्रतिनिधिमण्डलसहित कतार एअरवेजबाट दोहा हुँदै न्यूयोर्क जाँदै हुनुहुन्छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij