शुक्रबारदेखि तीन दिन यी स्थानमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

शुक्रबारदेखि तीन दिन यी स्थानमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । असोज ९ गते (शुक्रबार)देखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ

मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ ।

त्यस्तै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ

विभागका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य–भागमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै जाने सम्भावना छ ।

यसको प्रभावका कारण बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।

भारीदेखि धेरै भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले जोखिमयुक्त स्थानमा तत्काल उद्धार तथा राहतका लागि आवश्यक तयारी गर्न, सम्बन्धित संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

त्यस्तै, जोखिममा रहेका राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायले पूर्वसूचना तथा चेतावनीअनुसार जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आवश्यक तयारी गर्न भनिएको छ ।

आकस्मिक बाढी आउन सक्ने खोला तथा खहरे नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला–नदी किनारका बासिन्दालाई विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न सकिनेछ । साथै, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, असोज ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij