काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटक तथा विचार मिल्ने गणतन्त्रवादी दल र समूहसँग एकताको पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समिति बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको हो।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार वार्ता समितिलाई एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि विचार र राजनीतिक दृष्टिकोण मिल्ने विभिन्न दल तथा समूहसँग संवाद र एकताको पहल गर्ने जिम्मेवारी दिइएको छ।
ज्वालाले कम्युनिस्ट घटकहरूबीच एकताका लागि सबै पक्षसँग वार्ता गरिने जानकारी दिए
बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्नुका साथै कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्ने विषयमा आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो।
प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्