एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

 

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक आज बिहान ९ बजेदेखि सुरु हुँदैछ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ । प्रत्येक केन्द्रीय सदस्यलाई पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा धारणा राख्न बढीमा तीन मिनेटको समय निर्धारण गरिएको आचार्यले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा प्रस्तुत गरेका नौवटा एजेन्डामध्ये आठवटा एजेन्डामाथिको प्रक्रिया आजदेखि अघि बढाइने भएको छ । आज क्रमशः केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन तथा स्थायी कमिटी गठनसम्बन्धी एजेन्डा अघि बढाउने तयारी छ

त्यसैगरी सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन तथा अनुशासनसम्बन्धी विषयमा पार्टीको दृष्टिकोण तय गर्ने काम पनि यही बैठकबाट अघि बढाइने जनाइएको छ ।

एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरूको मनोनयनसँगै बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ । पोलिटब्युरो, स्थायी कमिटीलगायतका संरचनामा नेताहरूको जिम्मेवारी बाँडफाँड भने भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजोको बैठकमा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij