६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा जारी

६३ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, बाँकीमा जारी

 

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका जिल्लाका वडामा पनि अधिवेशन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । धादिङ, नुवाकोटलगायत केही जिल्लाका बाँकी वडामा भने अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ

धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वडा, डडेल्धुराका चार वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ । वडा अधिवेशनपछि असोज ७ गते गाउँ–नगर अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र त्यसपछि जिल्ला तथा प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : मंगलबार, असोज ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij