संविधान दिवस : आज देशभर बिबिध कार्यक्रम गरी मनाईंदै

संविधान दिवस : आज देशभर बिबिध कार्यक्रम गरी मनाईंदै

काठमाण्डौ– आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईंदैछ ।

संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।

संविधान जारी भएको आज ११ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा‍।रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

२००७ सालदेखि नै शुरू भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, २०६२र६३ को जनआन्दोलन, उत्पीडित, उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलोपटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीरसमानुपातिक प्रणालीसहितको संविधान जारी भएको हो ।

संविधान कार्यान्वयनका लागि सङ्घीय संसदले बनाउनु पर्ने कानुनहरू अझै पनि बाँकी नै छन् । बनेका कानुनहरूको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ । पोहोर भदौ २३ र २४ मा भएको ‘नवयुवा आन्दोलन’को जगमा फागुन २१ मा प्रतिनिधि सभा सदस्यको चुनाव भयो । यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले प्रतिनिधिसभामा झण्डै दुई तिहाइ मत प्राप्त गरी पहिलो दल बन्यो । योसँगै संविधान संशोधनको बहस शुरु भएको हो ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij