संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयन तथा संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको प्रमुख आवश्यकता : मुख्य मन्त्री आचार्य

संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयन तथा संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको प्रमुख आवश्यकता : मुख्य मन्त्री आचार्य

दाङ , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको समाधान संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक प्रक्रिया, संवाद र सहकार्यमार्फत खोजिनुपर्ने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन तथा संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन्।

उनले नेपालको संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको उल्लेख गर्दै संविधानका उपलब्धिको संरक्षणसँगै यसको पूर्ण कार्यान्वयनमा विशेष जोड दिएका छन्। संविधानको मर्मअनुसार अघि बढ्न राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई थप सुदृढ बनाउन आवश्यक रहेको उनको भनाइ छ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, संघीयताको सुदृढीकरण तथा नागरिक केन्द्रित सेवा प्रवाहका लागि प्रतिबद्ध रहेको समेत बताएका छन्। सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न प्रदेश सरकार केन्द्रित रहेको उनले उल्लेख गरेका छन्।

उनका अनुसार प्रदेश सरकारले पूर्वाधार विकाससँगै कृषि, उद्यमशीलता, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक जागरण तथा नवप्रवर्तनका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको छ।

‘संघीयता बलियो बनाउन प्रदेश बलियो हुनुपर्छ’ भन्ने मान्यतासहित संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन गर्दै प्रदेशलाई सक्षम, उत्तरदायी र नागरिकको नजिकको सरकारका रूपमा स्थापित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

मुख्यमन्त्री आचार्यले संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिकका मौलिक हक, सामाजिक न्याय, समानता, समावेशिता, कानुनी शासन तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई सुनिश्चित गरेको उनको भनाइ छ।

संविधान दिवसका अवसरमा उनले लोकतान्त्रिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले घाइते तथा अपाङ्ग नागरिक, शहीद परिवार र बेपत्ता नागरिकका परिवारजनप्रति सम्मान व्यक्त गर्दै संविधान दिवसले राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारीबोधलाई थप मजबुत बनाउँदै संविधानको मर्मअनुसार अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : शनिबार, असोज ३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij