काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्। संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन वर्तमान आवश्यकता रहेको उनको भनाइ छ। आम नागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी छ। साथै, संविधानबाट प्राप्त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवम् सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो, राष्ट्रपति पौडेलले भनेका छन्।
संविधानको पूर्ण कार्यान्वयन नै राष्ट्रिय संकल्प हुनुपर्ने उनले बताए। संविधानले प्रत्याभूत गरेका सेवा सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने उनले बताए। ‘आजको यस दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु,’ उनले भने।
प्रकाशित मिति : शनिबार, असोज ३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्