काठमाडौं , लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरिएको छ।
गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो। कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरिएको थियो।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष सिंहको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ। गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको स्मरण तथा सम्मान गरिँदैछ। लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंहलाई नेपाली राजनीतिमा त्याग, निष्ठा र संघर्षका प्रतिकका रूपमा स्मरण गरिँदै आएको छ।
प्रकाशित मिति : शुक्रबार, असोज २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्