बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै

बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै

काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने भएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतमा ५ प्रतिशत भ्याट लगाएको थियो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा अर्थमन्त्री स्वर्णिम वाग्ले बिजुलीमा उपभोक्तालाई लगाइएको ५ प्रतिशत भ्याट हटाउन सहमत भएका छन् । बजेटमा बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने उल्लेख भएपछि चौतर्फी आलोचना र विरोध भएको थियो।

बिजुलीमा भ्याट लगाउने घोषणामा ऊर्जामन्त्री श्रेष्ठसमेत रुष्ट बनेका थिए। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत बिजुलीमा भ्याट लगाउने नीतिको विरोध गरेका थिए।

तर अर्थमन्त्री वाग्लेले पनि विद्युत् पूर्वाधारमा लगानी बढाउन भ्याट लगाइएको भन्दै बचाउ गर्दै आएका थिए। उनको भनाइ प्रधानमन्त्री बालेनले समेत संसदमा उभिएर विद्युत् पूर्वाधारको मर्मतसम्भार गर्न बिजुलीमा भ्याट लगाइएको भन्दै बचाउ गरेका थिए। बिजुलीमा भ्याटको व्यवस्थाले चिस्यान केन्द्र र औषधि उद्योग अप्ठ्यारोमा परिरहेका छन्। गत साउनबाट कर्पोरेट क्षेत्रलाई १३ प्रतिशत भ्याट जोडेर विद्युत्‌को बिल आउन थालेपछि खर्च बढेको छ।

घरायसी ग्राहकलाई ५० युनिटभन्दा माथिको खपतमा ५ प्रतिशत र व्यावसायिक संस्थाहरूलाई १३ प्रतिशत नै भ्याट लाग्दै आएको छ।

प्रकाशित मिति : सोमबार, असोज ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij