काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।
धादिङ प्रहरीले दिएको जानकारीअनुसार बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट करिब १०० मिटर अगाडि शुक्रबार बिहान लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।
यस्तै, बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ
गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो ।
कृष्णभिरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि राजमार्गमा यात्रा गर्ने सवारीसाधनलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्