तिलोत्तमा नगरपालिकाद्वारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

तिलोत्तमा नगरपालिकाद्वारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

तिलोत्तमा, तिलोत्तमा नगरपालिकाले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय मंगलापुरलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ।

नगरपालिकाले विपद्का समयमा तत्काल उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले प्रहरी कार्यालयलाई विभिन्न सामग्री प्रदान गरेको हो। हस्तान्तरण गरिएका सामग्रीमा हेल्मेट, गैँती, कोदालो, पानीमा उद्धार तथा सुरक्षाका सामग्री, अग्नि नियन्त्रण तथा सुरक्षा सामग्रीलगायत विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणहरू रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले विपद्का समयमा नागरिकको जीवन रक्षा र जनधनको क्षति न्यूनीकरण गर्न सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले विपद् व्यवस्थापनका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै नगरपालिका र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।कार्यक्रमकी विशिष्ट अतिथि नगर उपप्रमुख जागेश्वर देवी चौधरीले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारी र आवश्यक सामग्रीको उपलब्धता महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले विपद्का घटनामा छिटो र प्रभावकारी उद्धार गर्न यस्ता सामग्रीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, आवश्यक उपकरणको व्यवस्था र सम्बन्धित निकायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले हस्तान्तरण गरिएका सामग्रीको उचित प्रयोगले विपद्का समयमा उद्धार तथा व्यवस्थापन कार्यमा सहयोग पुग्ने धारणा राख्नुभयो।कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर८ का वडाध्यक्ष कृष्ण पौडेल, वडा नम्बर ११ का वडाध्यक्ष विष्णु बराल, कार्यपालिका सदस्य रवि सेन्चुरी, इलाका प्रहरी कार्यालय मंगलापुरका इन्चार्ज एसपी यादव, वडा नम्बर २ का वडा सदस्य डोरबहादुर थापालगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई थप सुदृढ बनाउँदै विपद्का घटनामा तत्काल परिचालन हुन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। यसबाट बाढी, डुबान, आगलागी तथा अन्य विपद्का घटनामा उद्धार र सुरक्षा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij