मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

काठमाण्डौ – भोलि देखि १४ गते शनिबारसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन् ।

गण्डकी प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना हुँदा जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत सचेत गराएको हो । विशेषगरी हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेकाले प्रशासनले पर्यटकलाई सतर्क रहन भनेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले हिमपात हुने, चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो हुनसक्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम बढ्ने भएकाले कोरला नाकातर्फ तत्कालका लागि गाडी नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई अनुरोध गर्नुभएको छ

प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij