नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा क को पदस्थापन तथा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा क को पदस्थापन तथा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

तिलोत्तमा ,  नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा क कार्यसमिति रुपन्देहीको आयोजनामा पदस्थापन तथा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।

२०८३ को विजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा सान्दर्भिकता झन बढ्दै गएको बताउनुभयो। उहाँले पार्टीमा एकले अर्कालाई स्वीकारेर अगाडि बढ्नु पर्ने बताउनुभयो।

नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति एवम् तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले १५ औं महाधिवेशनबाट कांग्रेस बलियो हुने धारणा राख्नुभयो। नेपाली कांग्रेसको सान्दर्भिकता बढ्दै गएको ले आशा ,अबसर र भबिष्य स्थापित हुदैं गएको धारणा राख्नुभयो। उहाँले नेपाली कांग्रेसले सरकारको बागडोर सम्हाल्न सके मात्र नेपाली कांग्रेसको सान्दर्भिकताले सार्थकता पाउने भनाइ राख्नुभयो। सो अवसरमा क्षेत्र नं २ का सभापति प्रजापाल गिरी, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख एवम् महाधिवेशन प्रतिनिधि खेलराज पाण्डे , प्रकाश राना , बुटवल उपमहानगरपालिका वडा नं ११ का सभापति हेमा थामी, जीत बहादुर मल्ल लगायतले बोल्नुभएको थियो।

कार्यक्रममा प्रदेश सभा क का पदाधिकारी, सदस्यहरु एवम् प्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रदेश सभा क का सभापति जोवान सिंह ठकुरी को सभापतित्वमा आयोजित कार्यक्रममा  उपसभापति जय प्रकाश भट्टराई को स्वागत  तथा सञ्चालन नगर सचिव हरि प्रसाद उपाध्याय ले गर्नुभएको थियो।

प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij