बुटवल
७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुटवलमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शान्ति र्याली तथा विरोध प्रदर्शन गरेको छ । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा शान्ति समाजले बुटवलको अस्पताललाइनदेखि ट्राफिकचोकसम्म आज र्याली निकाल्दै विरोध सभा गरेको हो । भारतले हालै प्रकाशित गरेको राजनीतिक नक्सा तुरुन्त सच्याउ, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग हो, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेको जिल्ला सभापति डीपी खनालले बताउनुभयो ।
विरोध प्रदर्शनमा बोल्दै समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले नेपाली भूमि मिचिदा पनि सरकारले सहि ढंगले कदम नचालेको भन्दै राज्य सीमा सुरक्षामा पनि असफल भएको बताए । कार्यक्रममा कांग्रेसका नेता युवराज गिरी, समाजका केन्द्रिय सदस्य कृष्ण पंगेनी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, समाजका सभापति डीपी खनाल, सचिव अर्जुन ज्ञवाली लगायतले बोल्दै नेपालको भूमि फिर्ता गर्न र नक्का सच्याउन भारतसँग आग्रह गर्नभयो । कार्यक्रममा अधिकारकर्मी तथा विद्यार्थीको पनि सहभागिता रहेको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्