साउदी आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते : परराष्ट्र मन्त्रालय

साउदी आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते : परराष्ट्र मन्त्रालय

काठमाडौं । साउदी अरबमा भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समार्फत घटनाबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार भइरहेको छ । घटनामा ज्यान गुमाएका नेपाली नागरिकको नाम र ठेगाना भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

मन्त्रालयले मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

घटनाप्रति धारणा सार्वजनिक गर्दै मन्त्रालयले सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने स्पष्ट पारेको छ । विवाद तथा द्वन्द्व समाधानका लागि अधिकतम संयमता अपनाउन र शान्तिपूर्ण उपाय अवलम्बन गर्न नेपालले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

यसअघि नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको एउटा टावरमा आक्रमण भएको थियो । उक्त आक्रमणमा यमनको हुथी विद्रोही समूहको संलग्नता रहेको साउदी नागरिक सुरक्षा निकायले आरोप लगाएको थियो ।

साउदी अरबमा भएको आक्रमणमा नेपाली नागरिकको समेत मृत्यु र घाइते भएको पुष्टि भए पनि घटनाको विस्तृत विवरण तथा प्रभावित नेपालीहरूको पहिचान सार्वजनिक हुन बाँकी छ

प्रकाशित मिति : शुक्रबार, मंसिर ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij