रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ

रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ

बुटवल । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा रूपन्देही प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । गैडहवा गाउँपालिका-८ शिवमन्दिरटोलकी ५० वर्षीया लक्ष्मी कुमाललाई ५२ वर्षीय श्रीमान् कमल कुमालमाथि दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

दाउरा प्रहारबाट गम्भीर घाइते भएका कमलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा सोमबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij