अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

बुटवल । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट ९खाता० बन्द गरिएको छ ।

अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार ९फेक न्यूज० फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो ।

अमेरिकामा मङ्गलबार मध्यावधि चुनाव हुँदैछ । गएको साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रवाह भएको देखिएको छ ।

राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ । ‘आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए । उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए’, फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले बताउनुभयो, ‘हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसका बारेमा विस्तृत रुपमा बुझ्ने क्रममा छौं ।’

ग्लेचरको भनाइ अनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका कृयाकलाप शंकास्पद रहेको पहिचान भएको छ । ती खाताहरु फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ । अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ ।

यो कार्यका लागि फेसबुकले झण्डै २० हजार कर्मचारी खटाएको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij