JanataToday.com

Advertisment

SKIP THIS

सम्पुर्ण महिला कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

सम्पुर्ण महिला कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

जनता टुडे /मोतीपुर

सम्पुर्ण महिला कृषि सहकारी संस्था लिमिटेड बुटवल १८ को चौथो साधारण शभा आज शुक्रबार सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै प्रमुख अतिथि वडा न १८ का वडा अध्यक्ष हुमनाथ आचार्य ले छोटो समयमा नै सहकारीले फड्को मारेकोमा खुशी व्यक्त गर्नुभयो कार्यक्रमा बोल्दै उहाले ‘जुन उद्देश्यका साथ कृषि सहकारी संस्था स्थापना गरिएको थियो त्यो उद्देश्य अनुरुप नै संस्था अगाडि बढेको छ’, उहालेले भन्नुभयो,‘अझै कृषिमा लगानी बढाउँदै शेयर सदस्यहरुलाई रोजगारीको सृजना गर्दै यस क्षेत्रमा नमुना सहकारीको रुपमा चिनाउनु पर्दछ ।’ आफ्नै संस्थामा कारोवार गर्ने वानीको विकास गरेमा संस्था मजवुद हुने समेत उहाले बताउनुभयो । त्यस्तै बिशिष्ट अतिथि वडा न १७ का सदस्य देबि काफ्लेले संस्थाले गरेको प्रगति प्रति खुशि व्यक्त गर्दै शेयर सदस्यहरुलाई रोजगारमुखि कार्यक्रम ल्याउनका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संथाका अध्यक्ष हरिहरश्रेष्ठ, नेपाल एभरग्रिन पब्लीक स्कुलका शिक्षक बिष्णु अर्याल, समाजसेवि  गंगाराम ढकाल ,भिम प्रशाद न्यौपाने, मोतिपुर सामुदायिक अध्ययन केन्द्रका मनु पाण्डे, संगालो बचत तथा ऋण सहकारि संस्था का अध्यक्ष ज्ञानेश्वर आचार्य ,गह्रौ सहकारीका अध्यक्ष पोषराज चापागाइ लगायतले  मन्तव्य राखेका थिए ।कार्यक्रममा वृद्ध सेयर सम्मान द्रोपति न्यौपाने, असल ऋणी कमला थारु र बढि बचत गर्ने तुल्सी कुमारी थापालाइ सम्मान गरिएको थियो ।

साधारण सभामा लेखा समिति संयोजक लिला रास्कोटिले लेखा  प्रतिबेदन ,कोषाध्यक्ष माया चौधरिले आर्थिक प्रतिवेदन र अध्यक्ष माया भण्डारिले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सहकारी संस्थामा तीन सय ७३ शेयर सदस्य रहेका छन् । यसको कुल बचत ६४ लाख ,५१ हजार ३०४  रुपैया २८ पैसा रहेको  छ  । सहकारी संस्थाका अध्यक्ष माया भण्डारिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहायक ब्यबस्थापक गिता थारुको स्वागत र नारायणी गाहाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

प्रकाशित मिति : शुक्रबार, मंसिर २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij