JanataToday.com

Advertisment

SKIP THIS

पश्चिमान्चल टैंकर व्यवसायी संघ रुपन्देहीको १४औं वार्षिक साधारण सभा सम्पन्न

पश्चिमान्चल टैंकर व्यवसायी संघ रुपन्देहीको १४औं वार्षिक साधारण सभा सम्पन्न

बुटवल।
पश्चिमान्चल टैंकर व्यवसायी संघ रुपन्देहीको १४औं वार्षिक साधारण सभा  सम्पन्न भएका छ ।साधारण सभामा पेटोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीहरुले माग गरेका छन् । व्यवसायीहरुले भाडादर बृद्धिका लागि नेपाल आयल निगम ५ नम्वर प्रादेशिक कार्यालयमा प्रतिवेदन पेश भैसकेकाले कार्यान्वयन गर्न माग गरेका छन । संघका अध्यक्ष राकेश कुमार कसौधनले नेपाल आयल निगमले दिँदै आएको भाडादर कम भएकोले दुरी अनुसार भाडादर बृद्धि गर्न माग गर्नु भयो । अध्यक्ष कसौधनले ढुवानी र सवारी साधनहरु दुर्घटनाको वस्तुगत अध्ययन र अनुसन्धान गरी दोषीलाई कारवाही र निर्दोषले उन्मुक्ति पाउने कानुनी व्यवस्था गर्न माग गर्नु भयो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेटेलियम व्यवसायीहरुलाई गुणस्तरमा शुद्धता र पुरा परिणाममा आपुर्ति गर्न सुझाव दिनु भयो । पश्चिमान्चल पेटेलियम डिलर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरेले प्रदेश ५ का ट्यांकरहरुले भारतबाट तेल आयात गरी भलबारीसम्म मात्र संचालन हुने व्यवस्थालाई परिमार्जन गरी नेपालभर ढुवानी गर्न पाउने व्यवस्थागर्न माग गर्नु भयोे । संघका प्रमुख संरक्षक चोपनारायण श्रेष्ठले व्यवस्था परिवर्तन भएपनि यातायात र ढुवानी व्यवसायीलाई परिवर्तन र राहतको अनुभुति हुन नसकेको बरु संकटमा परेको गुनासो गर्नु भयोे ।
नेपाल आयल निगम भलबारी डिपोका लेखा प्रमुख रमेश ज्ञवालीले ढुवानी भाडा बृद्धिका लागि पहल भइरहेको बताउनु भयो । उहाँले ढुवानी हुने दुरीका विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन केन्द्रमा पठाइएकाले छिटै व्यवसायीका माग सम्बोधन हुने बताउनु भयो । ज्ञवालीले ट्यांकरहरु पार्किंगका लागि पनि जग्गा व्यवस्थान भइरहेको बताउनु भयो । पुस मसान्तपछि ढुवानी भाडा भुक्तानी दिदा व्यवसायीको भ्याट बिल अनिवार्य हुने व्यवस्थामा व्यवसायीका गुनासाबारे पनि छलफल गरेर टुंगोमा पुगिन बताउनु भयो ।
संघका निवर्तमान अध्यक्ष हरिबहादुर कुंवर,महासचिव भुपराज अर्याल र लुम्बिनी ट्क व्यवसायी संघका महासचिव रुमाखर गौतमले राज्यले व्यवसायीबाट कर मात्र असुल्ने र दुख दिने काम मात्रै गरेको गुनासो गर्नु भयोे । यस अघि संघको वन्दसत्रले कोषाध्यक्ष धनेन्द्र पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको संघका उपमहासचिव प्रेम घर्तीमगरले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, मंसिर २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij