JanataToday.com

Advertisment

SKIP THIS

राष्ट्रिय सहकारी महासंघकाे अध्यक्षमा देवकाेटा, नेफस्कुनमा प्रदेश ५ बाट सापकाेटा आकांक्षी

राष्ट्रिय सहकारी महासंघकाे अध्यक्षमा देवकाेटा, नेफस्कुनमा प्रदेश ५ बाट सापकाेटा आकांक्षी

बुटवल – सहकारीकर्मीहरुलाई चुनावले छोएको छ । राष्ट्रिय सहकारी महासंघ र बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन)को केन्द्रीय अधिवेशन नजिकिएसँगै देशैभरका सहकारीकर्मीलाई चुनावले छोएको छ ।

महासंघको आउदो पुस २३ र २४ गते तथा नेफस्कुनको पुस ४ र ५ गते काण्ठमाडौंमा अधिवेशन हुँदै छ । अधिवेशन नजिकएसँगै सहकारीकर्मीले नेतृत्व हुत्याउन देशव्यापी रुपमा अभियान समेत थालनी गरिसकेका छन् । नेकपा र नेपाली काँग्रेस समर्थित सहकारीकर्मीहरुका विच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

राष्ट्रिय सहकारी महासंघ लेखा समिति संयोजक धर्मदत्त देवकोटाले आगामि नेतृत्वका लागि अध्यक्षमा आफ्नो दावी रहेको बताउनुभएको छ । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि सहकारीहरुमा देखिएका समस्या न्यूनिकरण गर्दै तीन खम्बे अर्थतन्त्रको बलियो आधार बनाउन अध्यक्षमा आफ्नो दावी रहेको बताउनुभयो ।

नेकपाको सहकारी विभागका इन्चार्ज समेत रहेका देवकोटाले नेपालका सहकारीहरु बलियो खम्बा बनिसकेको भन्दै समृद्ध नेपाल निर्माणका लागि नितिगत सुधारको खाँचो औल्याउनुभयो ।

कृषि, दुग्ध, ,लफुल, उखु, पशु, सञ्चार गरि २० क्षेत्रमा काम गरेको उहाले बताउनुभयो । उहाले महासंघ र नेफस्कुन दुवैको अधिवेशन भएकाले चर्चा शुरु भइसकेको समेत बताउनुभयो । उहाले चुनावबाटै अबको नेतृत्व चयन हुने बताउनुभयो ।

राष्ट्रिय सहकारी बोर्डको पुर्व सदस्य, तथा नेकपामा प्रभाव जमाउने व्यक्ति भएकाले देवकोटाले नै अध्यक्षको टिकट पाउने चर्चा छ । तर महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कंडेलल पनि अध्यक्षको दावी गर्नुभयो । पत्रकार सम्मेलनमा बचत तथा ऋण सहकारी संघ प्रदेश ५ का महासचिव ऋषि सापकोटा, जिल्ला उपाध्यक्ष कृष्ण चौहान क्षेत्री र सचिव सन्दिप सापकोटाले बोल्नुभएको थियो ।

नेफस्कुनमा प्रदेश ५ बाट सन्दीप सापकोटाको दावी

यसैविच बचत तथा ऋण केन्द्रीय सहकारी संघ सञ्चालक समितिको सदस्यमा प्रदेश नम्बर ५ बाट सन्दि सापकोटाको उम्मेदरी पर्ने भएको छ ।

रुपन्देही वचत संघका सचिव तथा प्रदेश बचत संघका कोषाध्यक्ष सापकोटालाई नेकपाले प्रदेश उठाउने आन्तरीक तयारी गरेको छ । प्रदेश सञ्चालक १ जना चुन्ने प्रावधान रहेको छ । नेफस्कुनको अधिवेशन पुसको ४ र ५ गते हुने काण्ठमाडौंमा हुनेछ ।

प्रकाशित मिति : शनिबार, मंसिर २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij