काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाहरू तय गरेको हो । यो बैठकमा प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने केहीबेर मात्र सहभागी रहनुभएको थियो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यो अर्का अध्यक्षसँग समेत परामर्श गरेर तयार पारिएको हो ।
यसबाहेक विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठकलगायत एजेण्डा पनि छन् ।
प्रकाशित मिति : आइतबार, मंसिर २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्