बुटवल
नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी भित्र गुट र उपगुट नबनाउन नेताहरुलाई आग्रह गरेका छन । नेतागत गुटहरु बन्दा पार्टी कमजोर बन्दै गएको उनिहरुले बताएका छन ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नं ४ ले आज क्रियाशिल सदस्य कार्ड वितरण कार्यक्रममा बोल्ने बक्ताहरुले उत्त कुरा बताएका हुन । नेपाली कांग्रेसका महासमितिका सुदस्य युवराज गिरिले क्रियाशिल सदस्य कार्ड शहिदहरुको रगतले बनेको बताउँदै सच्चा नेपाली कांग्रेसको सीपाहीले मात्र पाउने बताउँनु भएको छ ।
नेपाली कांग्रेस सधैं स्वतन्त्र र लोकतन्त्रको लागि लडेको बताउँदै कार्यकर्तामा एक जुटका आवश्यकता रहेकोमा जोड दिनुभयो । नेपाली कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले नेताहरुले गुट स्वार्थ त्यागेर पार्टीलाई बलियो बनाउँन लाग्नु पर्नेमा जोड दिनुभयो ।
वडा नं। ४ का सभापति अरुण कुमार श्रेष्ठले नेपाली कांग्रेसलाई बलियो बनाउँने भनेकै क्रियाशिल सदस्य भएको बताउँदै सधै कांग्रेसका सीपाही भएर अगि बढ्न आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका चिरिञ्जीवी पौडेल, कृष्ण चौहान , नगर सचिब ज्योती भण्डारी , जिवन प्रसाद ओझा ,पुष्पा पन्थी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा १७८ जनालाई क्रियाशिल सदस्य कार्ड वितरण गरिएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्