घरबहाल संघ रुपन्देहीमा खगेन्द्र

घरबहाल संघ रुपन्देहीमा खगेन्द्र

बुटवल । घरबहाल क्षेत्रका समस्या समाधान गर्ने उद्देश्यसहित स्थापना भएको नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले खगेन्द्र पौडेलको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।

आगामी दुई बर्षका लागि निर्वाचित सो समितिको बरिष्ठ उपाध्यक्षमा राजु लिगल, उपाध्यक्षहरु टुकलाल न्यौपाने र अमृत बिश्वकर्मा, सचिवमा जंगबहादुर थापा र कोषाध्यक्षमा उमा देवकोटा सर्बसम्मत चयन भएका छन ।

यसैगरि सदस्यहरुमा दीपक पौडेल, राजेश थापा, बिरमान सुनार, कल्पना राजभण्डारी, अर्जुन भण्डारी र यम सापकोटा पनि सर्बसम्मत चयन भएको नवनिर्वाचित अध्यक्ष खगेन्द्र पौडेलले बताए ।

झण्डै डेढ दशक अघि बुटवलका बिभिन्न स्थानमा घरबहालमा बस्ने उद्योगी ब्यबसायीहरुको अग्रसरतामा स्थापना भएको संघले बहालमा बस्ने र घरधनी बिच उत्पन्न समस्या समाधान गर्नुका साथै घरबहाल क्षेत्रलाई ब्यबस्थित र मर्यादित बनाउदै जाने योजना रहेको पनि अध्यक्ष पौडेलले बताए ।

सो बार्षिक साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै नेपाल घरबहाल सरोकार महासंघका केन्द्रिय अध्यक्ष शंकर कोईरालाले घरबहालमा बस्नेहरु प्रति घरधनीहरुको दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने कुरामा जोड दिए ।

अध्यक्ष कोईरालाले घरभाडामा बस्नेहरुलाई बिजुली, पानी, शौचालय लगाएतका अत्यन्तै झिनामसिना समस्यादेखि चर्को भाडा बृद्धि र घरबहाल कर पनि ब्यबसायीले नै बुझाउनु पर्ने लगाएतका मुख्य समस्याहरु रहेको चर्चा गरेका छन ।

नेपाल घरबहाल सरोकार संघ रुपन्देहीका कार्यबहाक अध्यक्ष खगेन्द्र पौडलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा केन्द्रिय सचिव लेखनाथ भण्डारी, होटल ब्यबसायी संघका कोषाध्यक्ष श्रीराज तिम्सिना, समाजसेवी गणेश उचै, संघका सचिव गणेश भण्डारी, कोषाध्यक्ष उमा देवकोटा लगाएतले घरबहाल क्षेत्रको समस्या समाधानका लागि सम्पुर्ण बहालमा बस्ने उद्योगी, ब्यबसायी, शिक्षक, बिद्यार्थीहरु एकजुट हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij