बुटवल ।
रुपन्देहीको बुटवलमा जारी सातौँ एभरेष्ट कप जिल्ला स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता अन्तरगतआज क्वाटरफाईनल र सेमिफाईनलका खेलहरु भएका छन् ।
प्रतियोगिता अन्तरगत आज छात्रातर्फ क्वाटरफाईनल र सेमिफाईनल तथा छात्रतर्फ क्वाटरफाईनलका खेलहरु भएका हुन् । एभरेष्ट माध्यमिक विद्यालय सुख्खानगरको प्राङ्गणमा आज मात्र एक दर्जनबढी खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगिता अन्तरगत छात्रातर्फ एभरेष्ट माविले अक्सफोर्ड माविलाई २।० को सेटमा, बुद्ध पब्लिकले न्यू इभाइरन्मन्टलाई २।१ को सेटमो, न्यू होराइजनले दीप बोर्डिङलाई २।० को सेटमा, नव ज्योतिले सिद्धार्थ बोर्डिङलाई २।० को सेटमा हराएका हुन् । प्रतियोगितामा विजयी समुह अघिल्लो चरणमा प्रवेश गरेका छन् । त्यसैगरी छात्रा तर्फको सेमिफाइनलमा एभरेष्टले नव ज्योतीलाई र बुद्ध पब्लिकले होराइजनलाई सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेका छन् ।
छात्र तर्फको भलिबलमा न्यू लाइटले जनज्योतीलाई २।० ले, मणिमुकुन्दले प्रगति मा। वि लाई २।० ले, देवदह मा। विले न्यू इन्भाइरन्मन्टलाई २।० ले, सिद्धार्थ बोर्डिङले कुँवरवर्तीलाई २।० ले, दिप बोर्डिङले अक्सफोर्डलाई २–० ले र न्यू होराइजनले कालिका मानवज्ञानलाई २।० को सोझो सेटमा हराउदै अघिल्लो चरणको यात्रा तय गरेको खेल संयोजक अर्जुन घिमिरे जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी हुने विद्यालय समुहले छात्र÷छात्रातर्फ नगद २०र२० हजार प्राप्त गर्ने छन् भने उपविजेताले १५र१५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने छन् ।
त्यसैगरी तृतिय हुने समुहले १०र१० हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पान आयोजक विद्यालयका सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिनुभयो।
प्रकाशित मिति : बुधबार, पुष २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्