काठमाण्डौ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ ।अमेरिकाको तल्लो सदन ९हाउस अफ् रेप्रिजेन्टिेटिभ मा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको हो । तल्लो सदनमा ट्रम्पको पक्षमा २३० मत र विपक्षमा १९७ मत खसेको थियो ।
यसअघि संसदमा हिजो झण्डै १० घण्टासम्म बहस भएको थियो । बहसको क्रममा डेमोक्रेटिक प्रतिनिधि सुसान डेविसले सदनमा जोडदार भाषण गरेका थिए ।
‘हामीले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाएका छैनौँ, उनी आफै यस्तो गरिरहेका छन् । तपाईँ राष्ट्रपति भएर न्याय प्रक्रियामा वाधा निम्त्याउनु हुन्छ । तपाईँ एक विदेशी नेतालाई घुस दिने प्रयास गर्नुहुन्छ । तपाईँ राष्ट्रिय सुरक्षाका लागि खतरा हुनुहुन्छ । तपाईँमाथि महाअभियोग हुन्छ । अनि कहानी सकिन्छ।।।’, डेविसले भने ।
तल्लो सदनबाट प्रस्ताव पारित भएपछि अब माथिल्लो सदनमा कारबाही प्रक्रिया अघि बढ्नेछ । आउँदो महिना ट्रम्पले संसदमा मुद्दाको सामना गर्नुपर्ने हुनसक्छ तर यहाँ उनको पार्टीको बहुमत छ । यस्तो अवस्थामा ट्रम्प पदबाट हटिहाल्ने अवस्था छैन ।
यसअघि हाउस अफ् रेप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पोलेसीले डोनाल्ड ट्रम्पको उल्टो गन्ती सुरु भएको बताएकी थिइन्
प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्