JanataToday.com

Advertisment

SKIP THIS

चिसो बढेपछि तिलोत्तमामा दाउरा वितरण

चिसो बढेपछि तिलोत्तमामा दाउरा वितरण

तिलोत्तमा, ।
शीतलहरबाट जनजीवन प्रभावित भएपछि तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको छ । नगरपालिकाले सामुदायिक वनहरुसँगको समन्वयमा दाउराको व्यवस्था मिलाएको हो । तिलोत्तमामा करहिया, शंकरनगर, बाउन्नकोटी, सुखौरा हरियाली, कालिका, मधुवनलगायतका सामुदायिक वनहरु छन् ।
नगर प्रमुख बासुदेव घिमिरेले सामुदायिक वन र प्रहरीसँगको समन्वयमा चिसोबाट नगरबासीलाई राहत दिलाउन विभिन्न स्थानमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरिएको बताउनुभयो । करहिया सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष खिमानन्द न्यौपानेले शितलहर प्रभावितलाई जोगाउन आगो बाल्न चोक चोकमा दाउरा बाड्न थालिएको जानकारी दिनुभयो । नगरपालिकाले सामुदायिक वनहरुलाई चिसोबाट बढी प्रभावित हुने समुदायलाई बढीभन्दा बढी लक्षित गरी दाउरा उपलब्ध गराउन आग्रह गरेको छ ।
यसैबीच तिलोत्तमा नगरपालिकाले चिसोले जनस्वास्थ्यमा गम्भीर असर पार्नेभन्दै न्यायो कपडाको जोहो समयमैं गर्न नगरबासीलाई आग्रह गरेको छ । नगरपालिकाद्धारा जारी सूचनामा शीतलहरको समयमा घरबाहिर खुला स्थानमा धेरै समय नबिताउन र घरबाहिर निस्कुन परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपडा लगाउन भनिएको छ ।
रातको समयमा सिरक, कम्बलजस्ता न्यानो लत्ताकपडा ओढ्न, घरभित्र राति सुत्दा शरीरका साथै अनिवार्य रुपमा छाती र टाउको ढाक्ने प्रबन्ध मिलाउन पनि नगरपालिकाको सूचनामा उल्लेख गरिएको छ । शीतलहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राख्नुपर्ने जनाउँदै नगरपालिकाले छाती र टाउकोलाई चिसोबाट जोगाउन भनेको छ ।
चिसो समयमा शीररलाई चाहिने आवश्यक तातो खानेकुराहरु खाने बानीको विकास गर्न, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीको हेरचाहमा विशेष सर्तकता अपनाउन र बालबालिकाहरुलाई न्यानो अवस्थामा राख्ने व्यवस्था मिलाउन भनिएको छ ।
चिसोको कारण बिरामी भएमा तत्कालै नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा तुरुन्त उपचारको लागि लैजान, शीतलहर चलेको बेलामा पाल्तु पशुपंक्षीलाई सकेसम्म खुल्ला स्थानमा चराउन नलैजान, उनीहरुलाई गोठ÷टहरामैं राखेर पर्याप्त घाँस÷पराल र दाना दिने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
कोठाभित्र आगो बाली तातो पार्दा पर्याप्त भेन्टिलेशनको व्यवस्था मिलाउन पनि नगरपालिकाले नगरबासीमा सचेत गराएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij