JanataToday.com

Advertisment

SKIP THIS

तमु ल्होसार (पुस १५) मा सार्वजनिक बिदाकाे माग गर्दै गुरुङ समुदायद्वारा बुटवलमा प्रदर्शन

तमु ल्होसार (पुस १५) मा सार्वजनिक बिदाकाे माग गर्दै गुरुङ समुदायद्वारा बुटवलमा प्रदर्शन

बुटवल ।
तमु ल्होसारपुस १५ मा सार्वजनिक बिदा दिन माग गर्दै गुरुङ समुदायले आज बुटवलमा प्रदर्शन गरेका छन् । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ रुपन्देहीको नेतृत्वमा सामाजिक विकास मन्त्रालय अगाडि मिलनचोकमा प्लेकार्डसहित प्रदर्शन भएको हो ।
एक हजार बढीको संख्यामा जातीय भेषभुषामा उपस्थित गुरुङ समुदायले भुड्कीचोकदेखि मिलनचोकसम्म मुख्य राजमार्गको पश्चिमतर्फ प्रदर्शन गरेका हुन् । उनीहरुले ल्होसारमा सार्वजनिक बिदा दिनुपर्ने,धर्म निरपेक्ष राष्ट्रमा सांस्कृतिक विभेद अन्त्य गरिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि सामाजिक विकास मन्त्रालय अगाडि आयोजित कोणसभामा गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सहकोषाध्यक्ष टौबहादुर गुरुङ,प्रदेश उपाध्यक्ष धनबहादुर गुरुङ,सचिव एलबी गुरुङ,रुपन्देही अध्यक्ष बिमला गुरुङ,सचिव ओमप्रकाश गुरुङ,माङी समिति,रुपन्देहीकी अध्यक्ष जुनमाया गुरुङ लगायतले सरकारले आदिवासी जनजातिका तमु ल्होसारसहित उधौली उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक विदा नदिएमा आदिवासी जनजाति महासंघको नेतृत्वमा सशक्त आन्दोलनमा उत्रिने दिएका थिए ।परिषद्ले भोली मुख्यमन्त्री कार्यालयमार्फत संघीय सरकारलाई ज्ञापन पत्र बुझाउंने प्रदेश सचिव एलबी गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, पुष ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij