बुटवल,(जनता टुडे)—बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज उद्घाटन गर्नुभयो । मेलाको उदघाटन गर्दै नेता खाँणले पछिल्ला दुइ बर्षमा लगानीको बातावरण झन बिग्रदै गएको बताउनु भयो । शेयर मार्केटको ईन्डेक्सले सो कुरालाइ पुष्टि गरीरहेको भन्दै उहाँले सरकारले जनताको सम्पती, स्वतन्त्रता, मौलिक अधिकार सहित व्यवसायिक लगानीको सुरक्षा गर्न नसकेको टिप्पडी गर्नु भयो । नेता खाँणले निजी क्षेत्रको व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको मेला महोत्सवले लगानीकर्ताहरुलाइ उत्प्रेरित गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान र चन्द्र ढकालले मुलुकको समृद्धिकालागि उत्पादन र निर्यातमुखी अर्थतन्त्र निर्माणमा हुनु पर्ने बताउनु भयो । लगानी प्रवद्र्धनकालागि तीन तहकै सरकार नीतिगत रुपमै तयार हुनु पर्नेमा उपाध्यक्ष द्धय प्रधान र ढकालले जोड दिनु भयो । आयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले प्रदेश ५ मा उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानीको प्रसस्त सम्भावना रहे पनि ऐन कानुन नबन्दा लगानीको बातावरण बन्न नसकेको बताउनु भयो । कार्यक्रममा प्रदेस सभासद भोजप्रसाद श्रेष्ठ, पुष्पा चौधरी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारी, प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी लगायतले मेला सफलताको शुभकामना दिनु भयो ।
‘लगानी लुम्बिनीमा सम्बृद्धि देशमा’ भन्ने नारा सहित हुन लागेको मेलामा ५ सय स्टल छन । औधोगिक उत्पादन,घरेलु तथा कुटिर उद्योगका उत्पादन, अटो,कृषि, सुचना प्रविधि, फनिचर तथा फर्निसिङ्गका पेवेलियन छन । मेलामा पानीबाट चल्ने गाडी,हुन्डाइको सिमुलेशन सहितको प्रविधि,बिविद क्षेत्रका औजार तथा अत्याधुनिक उपकरण,कृषि प्रविधिहरु प्रदर्शन गरीने छ ।
पुष २३ गते सम्म चल्ने मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने र १५ कारोड बढीको कारोबार हुने अनुमान गरीएको मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जवल कसजुले जानकारी गराउनु भयो ।
मेलामाऔधोगिक उत्पादन,घरेलु तथा कुटिर उद्योगका उत्पादन, अटो,कृषि, सुचना प्रविधि, फनिचर तथा फर्निसिङ्गका पेवेलियन छन । पर्यटन प्रबद्र्धनकालागि रुपन्देही, नवलपरासी, कपिलबस्तु, गुल्मी, अर्घाखाँची लगायत प्रदेशका बिभिन्न जिल्लाका महत्वपुर्ण पर्यटकीय स्थलका आकर्षक संरचना राखीएका छन । पानीबाट चल्ने गाडी,हुन्डाइको सिमुलेशन सहितको प्रविधि,बिविद क्षेत्रका औजार तथा अत्याधुनिक उपकरण,कृषि प्रविधिहरु प्रदर्शन गरीएको छ । संघले आयोजना गरेको यो मेला २०औं संस्करण हो ।
मेला उदघाटन समारोहका अवसरमा बुटवल ९ निवासी पावर लिफ्टिङ्मा विश्व च्याम्पियन रुप कार्कीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरियो । मेला उदघाटका अबसरमा नेपाल आर्मी गरुद दल गण रामनगरद्वारा न्याउली बाजा सहित सराय नाच, नेवाः पुचः गुठी बुटवल देवीनगरको झाकी तथा लाखे नाच, थारु संस्कृतिको मयुर नाच, भिन्सहरा सामाजिक संस्था, मनकामना देवसिद्ध राधाकृष्ण मन्दिर समितिद्वारा सांस्कृतिक सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । झाँकीमा उत्कृष्ट हुने समुहलाई मेला समापनमा पुरस्कृत गरिने महासचिव तथा मेला सचिवालय व्यबस्थापन उपसमितिका संयोजक दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
प्रकाशित मिति : बुधबार, पुष ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्