बुटवल, (जनता टुडे) प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले वास्तविक किसानको विवरण आउनेगरी तथ्यांक संकलन गर्न आग्रह गर्नुभएको छ । केन्द्रीय तथ्यांक विभाग र तथ्यांक कार्यालय कपिलवस्तुले बुटवलमा राष्ट्रिय कृषि गणना २०७७ मा प्रश्नावलीका विषयमा सरोकारवालासंग गरेको छलफल कार्यक्रमममा कृषि मन्त्री पौडेलले सो कुरा बताउनु भएको हो । जनगणनाकै तथ्यांकका आधार सरकारले आगामी वर्षका योजना तर्जुमा गर्ने हुंदा गणकहरुले सो कुरामा ध्यान दिनुपर्नेमा मन्त्री पौडेलले जोड दिनु भएको हो ।
किसानहरुले बुझ्ने भाषा प्रयोग गर्नु पर्ने भन्दै उहाले किसानहरुको भाषा बुझ्ने व्याक्तिहरु बढि भन्दा बढि सहभागी हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका महानिर्देशम डा. महेश्वर कुमार सुवेदीले तथ्यहरुको सहि गणना र सदुपयोग हुनेमा विश्वस्त रहेको बताए । विभागका निर्देशक बद्री कुमार कार्कीले तथ्यांक विभागले तथ्याङ्क संकलन पुस्तीका, फाईल तयार गरी नमुना संकलन पद्धती बाट कृषि गणनाका गरिने जानकारी दिनुभयो । देशभर कुल २ लाख ५० हजार कृषकहरु यो गणनामा सहभागी हुने बताउनु भयो ।
कुल ८ धुर भन्दा बढि क्षेत्रमा खेतीपाती गरेका किसानहरु २५ लाख बाट नमुनाको रुपमा छनौट गरी कुल २ लाख ५० हजार किसानहरुलाई गणनामा समेटिने र सोही अनुसार तथ्यांक शंकलन, विश्लेषण र अद्यावधीक गरिने बताइएको छ ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, तथ्याङ्क कार्यालय कपिलबस्तुका प्रमुख नन्दलाल कुर्मी लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, पुष १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्