JanataToday.com

Advertisment

SKIP THIS

नेपाल डेरी एशोसियसन को २१ औं बार्षिक साधारण सभा बुटवलमा हुने

नेपाल डेरी एशोसियसन को २१ औं बार्षिक साधारण सभा बुटवलमा हुने

बुटवल ।
नेपाल डेरी एशोसियसन को २१ औं बार्षिक साधारण सभा बुटवलमा हुने भएको छ । यहि पुस १२ गते कालिकानगरमा रहेको महाराजा रिर्सोटमा साधारण सभा हुने भएको छ । साधारण सभाको लागि देशभरबाट प्रतिनिधि तथा परिवेक्षयकहरु बुटवल आएका छन् ।
साधारण सभाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलबाट उद्घाटन हुने कार्यक्रम तय गरिएको छ । साधारण सभाको पुर्व सन्धायामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकारले नयाँ ल्याएको नियमबाट कुनै पनि व्यावयसायीको रोजी रोटी खोस्न काम गरेको भन्दै यसलाई दाबाबमुलक रुपमा रोकीएको जानकारी दिनुभयो।
उहाले सरकारले ल्याएको नियमहरु आफुहरुले नमान्ने भन्ने नभएको भन्दै व्यवसायीहरुलाई व्यवसाय स्थापित गर्नको लागि सरकारी निकाय सहजीकरण गर्नुपर्ने बताउनुभयो।
नीजी क्षेत्र ले नै दुग्ध क्षेत्रको प्रसोधन, बजारीकरण गर्न सक्षम भएको भन्दै उनले वाहिरबाट ठुलो लगानीका उद्योगहरु भित्र्याउदा स्वादेशमा नै संघर्ष गरिरहेका उद्योगीहरु धरासाही हुने तर्फ सरकार सहज हुनुपर्ने बताउनुभएको थियो ।
यस्तै नेपाल डेरी एशोसीयसनका पुर्व अध्यक्ष सुमित केडीया ले गुणस्तरको विषयमा स्वदेशी व्यवासायीहरु तयार रहेको भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै उहाले व्यवसायीहरुले नै लगानी गर्न तयार रहेको सन्र्दभमा सरकारले विदेशी लगानी भित्र्याउनु आफैमा गलत रहेको बताउनुभएको थियो ।
नेपाल डेरीएशोसीयसनका केन्द्रीय महासचिव प्रलाह्द दाहालका अनुसार २१ औ साधारण सभामा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षयहरु आउने क्रम सकिएको जानकारी दिनुभयो ।
शनिवार विहान ठिक ११ बजे मुख्य मन्त्री शंकर पोखरेलबाट उद्घाटन कार्यक्रम राखिएको प्रदेश ५ संयोजक कृष्ण प्रसाद भटराईले जानकारी दिनभयो। उहाका अनुसार साधारण सभामा खासगरी दुग्ध व्यवसायीहरुको बजारीकरण, सरकारी नीति निर्माताहरुबाट गर्नुपर्ने दायित्व लगायत व्यवसायीहरुको दुख तथा अन्य विषयमा व्यापक छलफल हुने छ ।
नेपाल डेरीएशोसियनका केन्द्रीय कोषाध्यक्ष दयाराम भण्डारीले किसानहरुले उत्पादन गरेको दुध तथा दुग्धजन्य पदार्थको बजारीकरण गर्दैै आएका व्यवसायीहरुलाई सरकारले समय सापेक्षा भन्दा पनि नितीगत रुपमा कडाई गरिएको भन्दै व्यवसायीहरुले सहज रुपमा उपभोक्ताको रुची अनुसारको व्यवसाय गर्न पाउने वातावरण मिलाउनको लागि आग्रह गरे ।

प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij