JanataToday.com

Advertisment

SKIP THIS

डेरी एशोसीयसनसंग आवद्ध व्यवसायीहरुले बस्तुको गुणस्तरमा विशेष ख्याल गर्नुपर्छ: मुख्यमन्त्रीको पोख्रेल

डेरी एशोसीयसनसंग आवद्ध व्यवसायीहरुले बस्तुको गुणस्तरमा विशेष ख्याल गर्नुपर्छ: मुख्यमन्त्रीको पोख्रेल

जनता टुडे ,बुटवल ।
प्रदेश नम्बर५का मुख्य मन्त्री पोखरेलले कुनै पनि व्यवसाय सफल हुनको लागि सामुहिक एकता आवश्यक रहेको भन्दै डेरी एशोसीयसनसंग आवद्ध भएका व्यवसायीहरुले अझ बढि बस्तुको गुणस्तरमा विशेष ख्याल गर्नुपर्ने बताउनुभको छ । ।
नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभाको कार्यक्रमलाई सम्बोधन गर्दै कुनै पनि बस्तु प्रति उपभोक्ताहरुको विश्वास बढ्नुपर्ने भन्दै उपभोक्तालहरुको मन जित्नको लागि पनि डेरी व्यवसायीहरुलाई ब्रान्डीङ्गमा जान पर्ने बताउनु भयो ।उहाले आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसवायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले विरोध गर्ने परिपाटी गलत भएको बताउनुभयो।दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको भन्दै उनले जसलाई विद्यालयमा गएर निशुल्क रुपमा वालबालिकाहरलाई वितरण गरेर पनि विरोध गर्न सकिने र यसमा सरकारको ध्यानाकर्षण हुने बताउनुभयो ।

Image may contain: 3 people, including Govinda Khanal, people standing उत्पादनलाई व्यवसायीकता मा जोड्नपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले घरको लागि दुध उपभोग गर्न पशु पाल्नु भन्दा पनि वाहिरबाट किनेर ल्यादा महंगो हुने विषयमा उपभोक्तलाई बुझाउन जरुरी रहेको बताउनुभयो ।उहाले डेरी व्यवसायीहरुले आफ्नो बजार विस्तार गर्नुपर्नुका साथै यसको लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उत्पादन लागतलाई कम गरी मुनाफा बढि गर्नको लागि सामुहिक लगानी आवश्यक भएको भन्दै किसानहरुलाई नै सहभागी गराएर उत्पादनमा साझेदारी गर्न आवश्यक रहेको बतानुभयो ।
डेरी व्यवसायीहरुले आफुले दुध संकलन गर्ने काम मात्रै गर्नुभन्दा पनि किसानहरुलाई पनि सहभागी गराएर दाना उत्पादन देखि लिएर दुध उत्पादन, बजारीकरण र उत्पादकत्वमा समेत वृद्धि गर्न आग्रह गर्नुृभएको छ । सरकारले बाहिरबाट आयात गरिने पाउन्डर प्लान्ट रोक लगाएको प्रति उहाले भन्नुभयोहामीले उत्पादनलाई सोही अनुपातमा उत्पादन गर्न सक्छौ या सक्दैनौ, गुणस्तरमा प्रतिष्पर्धा गर्नु आवश्यक छ, यसमा ध्यान जान जरुरी छ ।’ उत्पादनमा आधारित अनुदान प्रदेश सरकारले वितरण गर्दा राम्रो प्रतिफल प्राप्त भएको जानकारी दिनुभयो । उहाले कृषिमा अनुदान लक्षित समुदायमा पुराउने काममा सरकारल लागिपरेको बताउनुभयो ।
प्रदेश सरकारले शुन्य व्याजमा कर्जा प्रदान गर्ने गरी बैंकहरु संग सल्लाह गरिएको जानकारी दिनुभयो । किसानहरुलाई ४ महिनामा सम्झौता अनुसार काम गर्न अवसर दिइएको भन्दै अनुदान दुरुपयोग भएको भए अनुदान फिर्ता गर्नुपर्ने बताउनुभयो

Image may contain: 1 person, indoor
कार्यक्रममा प्रतिनिधीसभा सदस्य मोहन वानियाले स्वदेशी व्यवसायीहरु लगानीको लागि तयार हुँदा हुदै पनि विदेशबाट लगानी भित्र याउनु आफैमा गलत भएको बताउनुभएको थियो ।
यस्तै राष्ट्रिय सभा सदस्य लाल कुमार केसीले पनि किसानहरुको हक हितको लागि सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले किसान, दुग्ध व्यवसायी र अन्य आम उपभोक्ताहरुको हितको लागि सरकार जहिले पनि तयार रहेको बताउनुभउको थियो । कार्यक्रममा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यत्रलय भैरहवाका प्रमुख विमल दाहाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय उप सभापती गोविन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल डेरी एशोसीयसनको बारेमा पुर्व अध्यक्ष सुमित केडीया, एशोसीयसनका भावि योजना र वर्तमान अवस्थाको विषयमा अध्यक्ष राधाकृष्ण सापकोटाले प्रष्ट पार्नुभएको थियो ।

Image may contain: 4 people, including Govinda Khanal, indoor
कार्यक्रममा प्रदेश ५ का संयोजक कृष्ण प्रसाद भट्राईको स्वागत, केन्द्रीय महासचिव प्रलाहद दाहलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ डेरी व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij