JanataToday.com

Advertisment

SKIP THIS

बुटवल औद्योगिक व्यापार मेलामा शनिबार ५० हजार दर्शक

बुटवल औद्योगिक व्यापार मेलामा शनिबार ५० हजार दर्शक

बुटवल, (जनता टुडे) बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा शनिबार एकैदिन ५० हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा चौंथो दिन शनिबार मात्रै ५० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार यहि पुसको ९ गतेदेखि शुरु भएको मेलामा हालसम्म ८५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेका छन् । बिदाको दिन भएका कारण शनिबार दर्शकको उपस्थिती बाक्लो भएको हो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको मेलामा औद्योगिक उत्पादन तथा प्रविधी समेतको प्रवद्र्धन गर्नेगरी ५ सय स्टल राखिएको छ । मेलामा राखिएका स्टलमा समेत अवलोकन कर्ता तथा दर्शकको उत्साहजन सहभागिता भएको स्टल धनीहरुले बताएका छन् ।

मेलामा राखिएको कृषि संग्राहलय, माटो बिना गरिने खेती प्रणाली (हाईड्रोपोनिक्स प्रविधी), बिशेष प्रकारले गरिने मौरी पालन पद्धती, पानीबाट चल्ने गाडी लगायतका स्टलमा दर्शकको भिड लागेको छ । शनिबार बढी भिड भएका कारण दर्शकलाई सहजताको लागि काउन्टर बाहेक पनि टिकट काट्ने व्यबस्था मिलाईएको कार्यसम्पादन समितिका सह–संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले बताउनु भयो ।


शनिबार मेलामा आधुनिक गायक सत्यराज र स्वरुपराज आचार्यको प्रस्तुतीले चिसो मौषमलाई तताएको थियो । उनीहरुको प्रस्तुतीले दर्शकको मन जितेको थियो । त्यस्तै लोक तथा दोहोरी गायक कृष्ण रेउले, प्रचण्ड जिसी, रितु थापा, कल्पना कुसुमको विशेष प्रस्तुती रहेको थियो, त्यस्तै भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहेको थियो ।

आईतबार ईन्द्रेणीको दोहोरी कार्यक्रम, लोक तथा दोहोरी गायक विष्णु खत्री, दिपु मगर, शर्मिला विश्वकर्मा, विष्णु श्रीपाली, डान्सर करिस्मा ढकाल र राज केसीको प्रस्तुती रहेने मेला सचिवालयले जानकारी गराएको छ । त्यस्तैगरी भ्वाईस अफ बुटवलको नियमित फाईनल प्रतिस्पर्धा जारी रहनेछ भने बिद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सुरु हुनेछ ।

प्रकाशित मिति : शनिबार, पुष १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij