JanataToday.com

Advertisment

SKIP THIS

औद्योगिक व्यापार मेला: दर्शकको रोजाइमा सेल्फी जोन

औद्योगिक व्यापार मेला: दर्शकको रोजाइमा सेल्फी जोन

बुटवल ।
अहिले जमाना नै सेल्फिमय भैसकेको अवस्था छ । बालक देखि युवा सम्म सेल्फि लोकप्रिय छ । यहि कुरालाइ मध्यनजर गर्दै मेलामा पर्यटन प्रवद्र्धनकालागि यस क्षेत्रका पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन बनाइएको छ ।


लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा सचिवालयकै सामुन्य हुनेगरी पर्यटकीय स्थलहरुलाई समेटेर सेल्फी जोन निर्मााण गरिँएको छ ।


बुटवल उद्योग बाणिज्य संघले बुटवलको देवीनगरमा चलिरहेको औद्योगिक व्यापार मेला पर्यटन प्रवद्र्धनकै लागि मेलाको मुलद्वार अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिले सजाइएको छ गेट बाट भित्र पस्न साथ सचिवालय अगाडि सेल्फी जोन ,मेला अवलोकन गर्न आउनेको लागि आकर्षणको केन्द्रबिन्दु बनेको छ ।


मेला स्थलमा पुगेका दशर्कहरु सेल्फी जोन पृष्ठभुमीमा राखेर सेल्फि खिच्न ब्यस्त देखिन्छन ।


सेल्फिको क्रेज अत्याधिक बढेको छ पछिल्लो पुस्तामा सेल्फि खिच्ने क्रम बढिरहँदा सामाजिक सञ्जालमा लोभलाग्दो सेल्फी पोष्ट गर्नु प्रतिष्ठा बिषय बनिसक्यो त्यसैले पनि पछिल्लो समय विकसित भएको सेल्फि टेन्ड्सले गर्दा मेलामा सेल्फी लिनेको भिड अत्याधिक देख्न सकिन्छ


बुटवल एघारकि पार्बति न्यौपाने भन्छीन सामाजिक सञ्जालमा मुसुक्क मुस्कुराएको सेल्फि पोष्ट गर्न सेल्फी खिचेको बताउनुभयो । हिजोका दिनमा हामीले फोटो खिच्नका लागि रिल लोड गरेर विग्रिन्छ कि भनेर डराइडराईकन फोटो खिच्नु पर्दथ्यो भने अब त्यो समय रहेन ।

एकै क्षणका तमाम फोटोहरु लिएर त्यसबाट छानी छानीकन राम्रा तस्वीहहरु राख्न सकिने र फोटो देखे पछि अरु पनि मेला अवलोकन गर्न आउछन त्यसैले पनि मेलाको सेल्फी सामाजिक संजालमा राख्ने गर्दछु छपियाकि सृजना घिमिरेले भन्नुभयो।


मुलुकको अर्थतन्त्रको बिकासकालागि पर्यटनलाई प्रमुख आधार मान्दै संघले मेलामा पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनुभयो ।


सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनकालागि निर्माण गरिने सेल्फीजोनमा भैरहवामा निर्माण हुँदैगरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थल, लुम्बिनी, बुटवलको ऐतिहासिक जीतगढी किल्ला, सिद्धबाबा मन्दिर, पाल्पाको ऐतिहासिक भगवती मन्दिर, भैरवस्थान मन्दिर, गुल्मी रुरु क्षेत्रको ऋषिकेश मन्दिर अर्घाखाँचीको सुपादेउराली मन्दिर लगायतका पर्यटकीय स्थलहरु समेटिएको र सेल्फी जोन लगायत मेलामा दर्शकहरुको उत्साहपुण सहभागिता रहेको कार्यसम्पादन समितिका सह–संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij