बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

बुटवल दोस्रो सडक खाना महोत्सवको तयारी पुरा

 

 

बुटवल (जनता टुडे) – नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले संचालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ सोमवार देखि बुटवलमा संचालन हुने दोस्रो सडक खाना महोत्सवको तयारी पुरा भएको छ ।

अतिथि देवो भव,पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान,सडकमै खाऔं सडकमै नाचौं ,सडकमै रमाऔं भन्ने नाराका साथ पुस १४ देखि १६ गतेसम्म संचालन हुने सडक खाना महोत्सवमा १ सय २५ वटा स्टलको सहभागिता रहने निश्चित भएको छ ।

सडक खाना महोत्सव स्थललाई दुलही झै सिगाने काम भैरहेको स्टल व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताउनु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक समुन्द्र जिसीले सोमवार साँझदेखि शुरु हुने खाना महोत्सवको सबै तयारी पुरा गरि सकिएको र केवल कार्यक्रम स्थलमा सौन्दयता झलकाउने काम जारी रहेको बताउनु भयो ।

राष्ट्रको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गदै आन्तरिक तथा वाह् पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको जानकारी गराउदै बुटवल क्षेत्रका खानपानका परिकार वारे अवगत गराउनु नै खाना महोत्सवको लक्ष्य रहेको प्रचार प्रसार समितिका संयोजक बावुराम गौतमले बताउनु भयो ।

सडक खाना महोत्सव बुटवल उपमहामनगरपालिका वडा नं.९ कालिकापथको तिनकुनेदेखि शिवालयचोक सम्मको सडकमा संचालन हुनेछ ।

तिन दिन सम्म सांझ ६ बजे देखि राती १२ बजे सम्म संचालन हुने महोत्सव अवधिभर करिब ५ करोडको आर्थिक कारोबार हुने र २ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।

महोत्सव आयोजना हुने दिन पुष १४ गते सोमबार दिउसो १ बजे कार्यक्रम स्थलबाट विभिन्न जातजातीको सांस्कृतिक पहिचान झल्किने झाँकी सहितको र्‍याली निकालिने र र्‍यालीको समापनसंगै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलबाट अपरान्ह ४ वजे खाना महोत्सवको समुदघाटन हुने छ ।

सोही समारोहमा सुजाता खिर र दहीको कडीलाई रुपन्देहीको सुईटडिसका रुपमा घोषणा गरिने कार्यक्रम रहेको महासचिव माधव कुमार खनालले बताउनु भयो ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij