JanataToday.com

Advertisment

SKIP THIS

भिजिट नेपालको शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट

भिजिट नेपालको शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट

बुटवल (जनता टुडे) –भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट गर्न लागिएको प्रदेश ५ का उद्योग, पर्यटन, बन तथा बतावरण मन्त्री लिला गिरिले बताउनु भएको छ ।

भिजिट नेपाल २०२०को तयारीको अवस्था र शुभारम्भवारे जानकारी गरनाउन आईतवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री गिरिले भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारमा भव्य तयारी गरिएको बताउदै जनवरी १ मा प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलद्धारा उदघाटन गरिने कार्यक्रम तय भएको जानकारी गराउनु भयो ।

प्रदेश ५ वाट बाँके ,वर्दियालाई कर्णाली प्रदेशमा जान नदिनका लागि नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०को शुभारम्भ बर्दियाको ठाकुरद्धारबाट गर्न लागिएको मन्त्री गिरिले स्पष्ट पार्नु भयो ।
पत्रकार सम्मेलनमा जनवरी १ को पुर्व सन्ध्याको मध्य रातमा नेपालगञ्जको एक होटलवाट भ्रमण वर्षको स्वागत गर्ने, भोलीपल्ट बिहान वाँके जिल्लाको जंगल सफारीको उदघाटन समेत गर्ने कार्यक्रम तय भएको मन्त्री गिरिले बताउनु भयो ।

उदघाटन समारोहमा २ हजार २० जना भारतिय पर्यटकलाई सहभागि गराउने गरि कार्यक्रकमा तयारी गरिएको पनि मन्त्री गिरिले बताउनु भयो ।
भ्रमण वर्ष अवधीमा प्रदेशमा पर्यटन सम्बन्धी मेला महोत्सवका प्याकेज कार्यक्रम,लुम्बिनीमा ३ दिने पर्यटक बसाईको प्याकेज, घुम्न जाउ बर्दिया विशेष प्याकेज, वाँके जंगल सफारी विशेष, रानीमहल पर्यटकीय महोत्सव, सिस्ने हिमालको काखमा कमल दह पर्यटकीय महोत्सव, स्वर्गद्धारीमा १ लाख छिमेकी मुलुकका तिर्थालुलाई महाअभिषेक प्याकेज, लुम्बिनी हुदै डोल्पासम्मको ट्राभल रुटको अनुसंन्धान, प्रत्येक जिल्लामा पर्यटकीय मेला महोत्सवका लागि प्याकेज कार्यक्रमका लागि वजेट विनियोजन गरिएको मन्त्री गिरिले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

त्यसैगरि भ्रमण वर्ष अवधीमा प्रदेशका सवै जिल्लामा होमस्टे तालिम, होमस्टे पूर्वाधार निर्माण, पर्यटन प्रोफाईल, डकुमेट्री, वुद्ध सकिटको अध्ययन, र केही ठुला पर्यटकीय पूर्वाधारमा लगानी गरिने समेत बताईएको छ ।
प्रदेश सरकारले घोषणा गरी मनाई रहेकोे लुम्बिनी भ्रमण वर्ष तालिका अनुसार नै संचालनमा रहेको र समय आएपछि समिक्षा गरिने मन्त्री गिरिले बताउनु भयो ।
भ्रमण वर्षको दिन सुरु हुंदा समेत भैरहवाको अन्तराष्ट्रिय बिमान स्थलको काम नसकिएको प्रति चिन्ता व्यक्त गदै मन्त्री गिरिले फेरी ३ महिना म्याद थप्न निबेदन परेको संचारमाध्यमवाट जानकारी पाएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा भिजिट नेपाल २०२० का सहसंयोजक माधव नेपालले प्रदेश सरकारले भिजिट नेपालमा घुम्न जाउ वर्दिया नारा अगाडी सारेकाले यसलाई सफल पार्न सवैको सहयोग जरुरी रहेको धारणा राखनु भयो ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij