इटहरी
बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर ‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन।आज जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। हिजोदेखि चलेको थुनछेक बहसमा बादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए। दुवै पक्षको बहसपछि अदालतबाट यस्तो आदेश भएको थियो। बहसमा सहभागी सबै वकिलले कृष्णदासले अनुयायी महिलामाथि बलात्कार गरेको बताउँदै त्यसलाई पुष्टि हुने यथोचित प्रमाण भएकाले कानुन अनुसार १० वर्षसम्मको जेल सजाय माग गर्नुभएको थियो । कृष्णदास पक्षका ५ जना वकिलमध्ये २ जनाले हिजो बहस गरेका थिए। उनीहरुले कृष्णदासलाई फसाउने षड्यन्त्र भएको भन्दै कृष्णदासको बचाऊ गरेका थिए। कृष्णदासको तर्फबाट आज बाँकी २ जना वकिलले बहस गरेपछि अदालतबाट यस्तो आदेश आएको हो। पीडित महिलाहरुकोतर्फबाट सरकारी वकिल गोकुलबहादुर निरौला, अन्नत न्यौपाने, अनिल रेग्मी, नवराज बिष्ट र रेणुका राईले बहस गरेका थिए। पीडकको तर्फबाट अधिवक्ता सरोज गिरीसहित दुईजनाले बहस गरेका थिए।
प्रकाशित मिति : सोमबार, पुष १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्