गुल्मी,(जनता टुडे) प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यान्वयन इकाई,मकै जोन गुल्मी को आ.ब.७६र७७को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मकै जोनको नया विस्तार भएका क्षेत्र अन्तरगत मालिका गाउपालिका वडा नं.८ सिमलटारीमा आज अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा मालिका गाउपालिका वडा नं. ७,८ धुर्कोट गाउपालिका वडा नं.५ का नया आबद्ध कृषक समुह,कृषि सहकारी तथा फर्मका २५ जना प्रतिनिधि कृषकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मालिका गाउपालिका वडा नं.८ का वडाध्यक्ष टिका ब. जि.सी, मालिका ७ का वडाअध्यक्ष बेद प्रसाद पन्थी, मकै जोन सन्चालक समितीका पुर्वसंयोजक तथा सल्लाहकार कृष्ण प्रसाद घिमिरे लगाएको मन्तब्य रहेको थियो भने कार्यक्रममा परियोजनाका कृषि अधिकृत समिर सिँह बराइ मगरले सहजिकरण गर्नु भएको थियो।

उक्त कार्यक्रम मकै जोन सन्चालक समितीका संयोजक लोकहरी कुवरको अध्यक्षता र ना.प्रा.स. नारायणी गाहाको सन्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : सोमबार, पुष १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्