JanataToday.com

Advertisment

SKIP THIS

अर्घाखाँचीमा भ्रमण वर्षको शुभारम्भ

अर्घाखाँचीमा भ्रमण वर्षको शुभारम्भ

 

अर्घाखाँची ।
अर्घाखाँचीमा मन्दिरलाई घंटा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदिय दल प्रदेश–५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका–३ मा पर्ने मालारानी मन्दिरलाई घंटा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।
मालारानी मन्दिरलाई ४० किलोको घंटा हस्तान्तरण गर्दै सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न आउने पर्यटकलाई मालारानीसम्म लैजाने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो। ‘मालारानी मन्दिर वरिपरी पर्यटक आकर्षण गर्ने वातावरण छ, उहाले भन्नुभयो,‘पर्यटन क्षेत्रको विकासका लागी पुर्वाधार विकासमा जोड दिनुपर्छ ।’


भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले गरिएको कार्यक्रममा बोल्दै सचेतक क्षेत्रीले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको कला, संस्कृती र इतिहाससंग जोड्नु पर्ने बताईन् । पर्यटक बढ्दा नेपाललाई फाईदा नै हुने भन्दै उहाले यसलाई सफल बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले समग्र मालारानीको विकासका लागी पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताउनुभयो ।
मुलुकको समग्र विकासका निम्ती धर्म र संस्कृतीलाई पर्यटन क्षेत्रसंगै जोड्नु पर्ने काठमांडौको पशुपती अन्नपुर्णा आश्रमका संस्थापक प्राध्यापक डा.जगदिश वैद्यले बताउनुभयो। काठमांडौको पशुपती अन्नपुर्णा आश्रमले घंटा सहयोग गरेको थियो ।

प्राध्यापक डा.वैद्य लगायतको टोलीको उपस्थितीमा मन्दिर व्यवस्थापन समितीलाई घंटा हस्तान्तरण गरिएको हो कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला क्षेत्री, वडा अध्यक्षहरु, पशुपती अन्नपुर्णा आश्रमका पदाधिकारी, रिर्पोटर्स क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्री लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बुधबार, पुष १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij