पाल्पाको रिब्दीकोटमा जीप दुर्घटना, एकको मृत्यु ६ घाईते

पाल्पाको रिब्दीकोटमा जीप दुर्घटना, एकको मृत्यु ६ घाईते

पाल्पा : रिब्दीकोट गाउँपालिका ७ पालुङ्गमैनादीमा जीप दुर्घटना भएको छ ।

जिल्लाको ठिमुरेबाट तानसेन तर्फ आउँदै गरेको लु १ ज १४९६ नम्वरको जीप आईतबार विहान दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु र ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मुत्यु हुनेमा रिब्दीकोट गाउँपालिका ७ पालुङ्गमैनादीका ५३ वर्षका मीन बहादुर गाहा रहेका छन् । उनको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवासमा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

घाईते हुनेहरुमा सोही ठाउँकै ४७ वर्षकी टुकी कुमारी गाहा, २९ वर्षकी सीताकुमारी पुन, १९ वर्षकी लोकमाया गाहा, ८२ वर्षका कुलबहादुर कुंवर, १४ वर्षकी निरुता कुमारी गाहा र १९ वर्षकी विमला कुंवर रहेका छन् ।

घाईते निरुता र विमलाको युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईते टुकी कुमारी गाहाको अवस्था मध्यम र अन्यको सामान्य रहेको अस्पताले जनाएका छन् ।

सडक उकालो भएका कारण गाडीले तान्न नसकेर दुर्घटना भएको हुन सक्ने प्रारिम्भक अनुमान रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij